ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशीश्रीसूर्य दक्षिणायन,वर्षा ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल श्रावण ५ गते शनिवार नेपाल सम्बत ११३८ दिल्लाथ्व,सन् २०१८ जुलाई २१ तारिक शुक्लपक्ष नवमी तिथि अपरान्ह ५ वजेर २१ मिनेटसम्म,स्वाती नक्षत्र अपरान्ह १ वजेर ३२ मिनेटसम्म,साध्ययोग,बालवकरण,आनन्दादियोग सिद्धि,सूर्य कर्कट राशीमा,चन्द्रमा तुला राशीमा ।
ॐः–राहुकालः–विहान८÷४६ वजेबाट १०÷२७ वजेसम्म रहनेछ,यमघण्टायोगः– अपरान्ह १÷५२ वजेबाट ३÷३४ वजेसम्म रहनेछ,दूरमुहूर्तः– विहान ७÷१० वजेबाट ८÷५ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷४३ वजेबाट मध्यान्ह १२÷३७ वजेसम्म रहनेछ । गुली कालः–विहान ५÷२१ वजेबाट ७÷३ वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ ।
ॐः–सूर्योदयबाट प्रातः७÷४ वजेसम्म काल वेला,७÷४ वजेदेखि ८÷४६ वजेसम्म शुभवेला,८÷४६ देखि १०÷२८ वजेसम्म रोगवेला,१०÷२८ देखि १२÷१० वजेसम्म उद्वेगवेला,१२÷१० देखि १÷५२ वजेसम्म चर वेला,१÷५२ देखि ३÷३४ वजेसम्म लाभवेला,३÷३४ देखि ५÷१६ वजेसम्म अमृतवेला र ५÷१६ वजे देखि सूर्यास्तसम्म कालवेला रहनेछ ।
ॐः–सूर्यास्तबाट ८÷१६ वजेसम्म लाभ वेला,८÷१६ वजेदेखि ९÷३४ वजेसम्म उद्वेगवेला,९÷३४ देखि १०÷५२ वजेसम्म शुभवेला,१०÷५२ देखि १२÷१० वजेसम्म अमृतवेला,१२÷१० देखि१÷२८ वजेसम्म चर वेला,१÷२८ देखि २÷४६वजेसम्म रोगवेला,२÷४६ वजे देखि ४÷३ वजेसम्म काल र ४÷३ वजे देखि सूर्योदयसम्म लाभ वेला रहनेछ ।
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।
मेष

समयको महत्व वुझेर काम गर्दा उत्तम होला ।ढिला सुस्ति गर्दा अवसर गुम्न सक्छ । आयात निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्नेछ । वैदेशिक कामबाट लाभ होला ।
बृष

व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आम्दानीका स्रोत बढ्ने छन् । मनोबल उच्च गरेर काम गर्नु होला र सवैलाई आफ्नो ठानेर काम नगर्नु होला धोका दिन सक्छन् । मुद्धा मामिलामा जित हात लाग्नेछ ।
मिथुन

समयमा गर्न सकिएन भने काममा अरुले अधिकार जमाउने छन् । आर्थिक कारोवारमा समस्या आउन सक्छ । मन अस्थिर हुनेछ । काम गर्ने जोश जागर घट्नेछ । वोल्यो कि पोल्यो भन्ने ठान्नु होला । व्यापार बढ्नेछ ।
कर्कट

काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । साझेदारहरुले धोका दिन सक्छन् । घर परिवारबाट सुख मिल्नेछ । घर बाहिर बसेर काम गर्दा बढि अनुकुल होला । व्यापार व्यवसायमा सामान्य गिरावट आउन सक्छ । धन हात पर्नेछ ।
सिंह

उद्योग,पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अर्थोपार्जन राम्रै होला । कामको वीचमा विचार परिवर्तन गर्दा आफैलाई नोक्सान हुन सक्छ सर्तक भई काम गर्नु होला ।
कन्या

धन सम्पतिका कुराले बढि पिरोल्नेछ । कार्य शिथिलता बढ्नेछ । बोलिको प्रभावमा केहि काम बन्ने छन् । घरका समस्या मिलाउन समय लाग्ने छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।
तुला

वैदेशिक कार्य योजना अगाडि बढ्ने छन् । गएका ठाँउमा मान सम्मान पाईने छ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । काम गर्ने उत्साहा घट्ने छैन । गरेका अधिकाँश काम सफल हुनेछन् ।
बृश्चिक

भाग्य खोस्ने प्रयत्न गर्ने छन् चनाखो भएर अगाडि बढ्नु होला । अरुको काम गरेर जश कम मिल्नेछ ।व्यर्थको घुमाई फिराई बढि हुनेछ । व्यापारबाट उचित लाभ लिन सकिने छैन । अनावस्यक खर्च वृद्धिले आर्थिक संकट पर्नेछ ।
धनु

बक्यौता रकम उठ्न सक्छ,प्रयत्न गरेको खण्डमा । आर्थिक कारोवारमा चनाखो रहनु होला । पढाई लेखाईमा प्रगति हुनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । धार्मिक विश्वास बढ्नेछ ।
मकर

काम गर्नेे बातावरण मिलेर आउनेछ । विरोधी कमजोर बन्ने छन् । सहज र सरल तरिकाले काम बन्ने छन् । गरेका कामबाट लाभ राम्रै हुनेछ । नयाँ कामको अवसर आउन सक्छ ।
कुम्भ

मनकारी मन भेटिने छन् । मान्य जनको आशिर्वाद मिल्नेछ । दैनिक काम काजमा देखिएका समस्या विस्तारै कम हुदै जानेछन् । मनोरञ्जनात्मक एवं धार्मिक यात्राको सम्भावना प्रबल देखिन्छ । पढाईमा सुधार आउनेछ ।
मीन

इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । वेचैन बढ्नेछ । भौतिक सम्पतिको बारेमा बढि चिन्ता हुनेछ । दैनिक काम काजमा अवरोध आउन सक्छ । लेनदेनका कुराले पनि मनलाई अशान्ति बनाउने छ ।
Comments
Post a Comment