‘बुगीवुगी’को टप थ्रीका लागि भएको प्रतिस्पर्धामा उत्कृष्ट नृत्यका बावजुद बिराटनगरका रविनको यात्रा सकिएको हो । रबिनको कलात्मक नृत्यकै कारण फ्यान र दर्शकहरूको नजरमा समेत उनी प्रिय थिए । तर शुक्रबार राति टप थ्रीका लागि भएको नृत्यको कडा प्रतिस्पर्धामा रबिनको यात्रा टुङ्गिएको हो ।
‘बुगीवुगी’को यात्रा टुङ्गिए पनि उनको जीवनमा नृत्यको यात्रा भने टुङ्गिएको छैन। उनी अझै आफ्नो नृत्य प्रस्तुति कसरी रोचक र उदाहरणीय बनाउने भनेर सधैँ प्रयासरत रहने बताउँछन्।
Comments
Post a Comment