पछिल्लो समय प्रेमको विषयले गर्दा निकै नै चर्चामा रहेकी नायिका हुन् अनु शाह । नायक सबिन श्रेष्ठ र नायिका अनु शाहको प्रेमको विषयले चलचित्र क्षेत्रमा केहीसमय राम्रो चर्चा पायो ।
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीपछि यो जोडीले पनि आफूहरू एकअर्कामा प्रेममा रहेको स्विकारेका छन् । साथै बिभिन्न ठाउँमा घुम्न गएको तस्बिरहरू पनि सामाजिक सञ्जालमा अपलोड गरिरहेका हुन्छन् ।
विगत केहीबर्ष देखी नायिका अनुले चलचित्रमा काम गरेकी छैनन् । म्युजिक भिडियोमा फाट्ट फुट्ट देखिएकी अनु गएको शुक्रबार सामाजिक स्थित मेघा पार्टी प्यालेसमा देखिइन् ।
रातो सारी, निधारमा रातो टिका, पोते, ओठमा लिपिस्टिक र सिउँदोमा सिन्दुर लगाएर बसेकी थिइन् । झट्ट देख्दा सबैले के अनुको बिहे साँच्चै भएको हो भन्ने लाग्न सक्छ । तर नझुकिनुहोस्, अनुले बिहे होइन तीज गीतको लागि यति राम्री भएर रातो सारी, रातो चुरा, पोते, सिन्दुर लगाएर सजिएकी हुन् ।
तीज गीतको सुटिङकालागि उनी चिटिक्क परेर सजिएर बसेकी थिइन् । सोही क्रममा, बिहे कहिले गर्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको दोहरिरहने प्रश्नको उत्तर दिँदादिँदा थाकेकी अनुलाई केही प्रश्नहरू सोधिएका छन् जुन उनको व्यवसायिक र व्यक्तिगत जीवनसँग सम्बन्धित छन् । हेर्नुहोस् तलको भिडियोमा उनले सञ्चारकर्मीको प्रश्नमा कस्तो जवाफ दिए त …
Comments
Post a Comment