गलत नियतले महिलामाथि कर्के नजर लगाउनु कानूनी रुपमा अपराध हो भन्नेमा कत्तिको सचेत हुनुहुन्छ ? सचेत हुनुहुन्न भने अब सचेत बन्नुहोस् ।
गोरखापत्र दैनिकका अनुसार सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा कम्पनी र कार्यालय स्थलमा महिलालाई एकोहोरो हेर्ने, होच्याउने, संवेदनशील अंग छुन खोज्नेलगायतका व्यवहारलाई प्रचलित कानूनले यौनजन्य दुव्र्यवहारका रुपमा परिभाषित गरेको छ ।
कुनै महिलाप्रतिको हेराइ गलत आशयमा छ भने त्यस्ता पुरुषमाथि आशय करणीसम्बन्धी कानून आकर्षित हुने गर्छ । मुलुकी ऐन जस्तै मुलुकी अपराध (संहिता) ऐन २०७४ ले महिलालाई इच्छाविपरीत छुनु तथा जिस्क्याउनुलाई अपराध मानेको छ ।
‘महिलामाथि पुरुषले गलत नियतले लगाएको ‘कर्के नजर’ प्रचलित कानुनमा अपराध हो भन्ने कुरामा कतिको सचेत हुनुहुन्छ !’ सचेत हुनुहुन्न भने होसियार, गलत नियतले लगाइने कर्के नजर कानुनी भाषामा अपराध बन्न सक्छ ।
नेपालको संविधानले महिला सुरक्षालाई ध्यान दिइ बढी कानुनी अधिकार दिएको स्पष्ट गर्दै अधिवक्ता विक्रमबहादुर कुँवर भन्नुहुन्छ,‘महिलामैत्री कानुनले पुस्तौँदेखिको पितृसतात्मक सोच र समाजको अन्त्य गरिदिएको छ ।’
आफूमाथि भएको अन्याय लुकाएर र सहेर बस्नुहुन्न, कानुनी उपचार खोज्दा न्याय पाइन्छ भन्ने कुरामा महिलाहरू विश्वस्त हुँदै गएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो,‘गलत नियत राखेर महिलालाई हेर्दा कानुन लाग्छ, हिंसाका घटना अब लुकाएर लुक्ने र छिपाएर छोपिने अबस्था छैन ।”
Comments
Post a Comment