मार्सी चामल बासमती जस्तो मिठो हुन्नः इन्डिया गेट र लालकिलाका चामलको भात खानेले अहिले यसलाई मुद्दा बनाए - प्रधानमन्त्री ओली



प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय चर्चामा रहेको मार्सी चामलको भातबारे प्रतिक्रिया दिएका छन्।

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहालले दुर्गा प्रसाईंको घरमा गएर मार्सी चामलको भात खाएको तर त्यसको स्वाद मिठो नहुने बताए।

प्रचण्डजी र म दुर्गा प्रसाइँकहाँ जानु, भात खानु गलत हो भने गलत हो’ प्रधानमन्त्री ओलीले भने, फेसबुकमा राख्नु होइन । भेट भएकै हो ।’

बासमती चामल खानेहरु मार्सी चामल भन्दै हिँडेको उनले अघि भने, त्यस्तो मिठो पनि हुँदैन ।’ ‘मार्सी चामल भन्या पनि के नै हो र त्यसको भात पनि मिठो हुँदैन। इन्डिया गेट र लालकिलाका चामलको भात खानेले अहिले यसलाई मुद्दा बनाएका छन्।’

उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा अर्का अध्यक्ष प्रचण्ड र आफू एउटा अर्कै सन्र्दभमा गएर खाना खाएको विषयलाई केही मुद्दा नपाएपछि कांग्रेसले ठूलो मुद्दा बनाएको भन्दै कटाक्ष गरे ।

उनले ब्रत बसेर मण्डी ओडेर खाने, कण्ठी बाँधेर माछा खाने आफ्नो बानी नभएको उल्लेख गर्दै आफूले सिधा कुरा गर्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गर्न थाल्दा प्रतिपक्षी दल कांग्रेसले अहिलेदेखि नै विरोध गर्नु उचित नभएको उल्लेख गरे । उनले फुटबल खेलमा छिर्के लगाउने, जर्सी समातेर तानेर गोल हाल्न नदिने जस्तै आफूमाथि पनि त्यस्तै खेल भएको आरोप लगाए ।

Comments