समसामयिक बिषयलाई जोडेर बजारमा आएको उक्त गीतमा ज्योति मगर र भूमिका गिरीले आवाज दिएकी छिन।उक्त गीत बजारमा आए संगै भूमिका गीरी फेरी दोहोरीमा ट्रेडिङमा पर्ने अर्की गायिकाको रुपमा चिनिएकी छिन ।उनि संग सहकर्मी कमल सरगमले लालिगुराश डटकममा लिएको कुराकानी हेर्नुहोस :
नचिनिएकी ज्योति मगर काठमाडौं – ज्योति मगर भन्ने बित्तिकै चर्चाका लागी जे पनि गर्ने र नेपाली लोकगित संगित क्षेत्रमा बिकृती ल्याउने गायिका भनेर धेरैले सोच्छन, बुझ्छन् । त्यसो त उनका पछिल्ला गतिबिधि मात्रै हेरे बुझको मान्छले त्यसो भन्नु पनि स्वभाबिक नै हो ।ज्योति मगर छुटा लुगा लगाएर स्टेज चढेर होस् या पछिल्लो समय बिभिन्न गित संगितमा उत्तेजक अभिनय गरेर नै किन न होस् चर्चा र बिबादको घेरामा छिुन् । कथा अर्काको हुन्छ तर पात्र उनलाई बनाइन्छ, बिबाद उनको हुन्छ फाइदा अर्काले लिन्छ । एउटा गित तयार हुदा गितकार, संगितकार, निर्देशक सबैको उत्तिकै भुमिका हुन्छ तर गाली खाने बेलामा ज्योति एक्लि हुन्छिन । ज्योति मगरले बिकृति फिजाइ भनेर सत्तोसराप गर्दै आफु चोखिने अनी दश पटकसम्म लुकि लुकि त्यहि भिडियो हेर्ने जमातको कुनै कमि छैन । ज्योति मगरले पनि साडि चोली लगाएर मौलिक गित संगित गायिकी छिन् ती गित संगितमा खेलेकी छिन् तर ती गित संगितले औषत भन्दा कम चर्चा पाए ।टिपन सकिन खाइन बरिलै”, “मुसुक्क हासेर, चौबन्दिमा चट्टै”, “मायासंग”, “मन किन टाढा भो” जस्ता मौलिक गितसंगित पनि ज्योति मगरले नै गायकी हुन् भन्ने धेरैलाई थाहा नहुन सक्छ । आफुले चाहेको गित ल्याउदा दर्शकले नचिन्ने अनी दर्शकले चाहेको गित ल्याउदा बिकृति ल्याइ भन्ने हरुलाई ज्योतिको उल्टै प्रश्न छ मैले साडी चोली लगाएर गायका खेलेका गित किन हेरिदैन, सुनिदैन अनी छोटा साडिका गित लुकि लुकि हेर्दै ज्योति बिकृति ल्याइ भन्न मिल्छ ?
Comments
Post a Comment