पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन : तपाईको आजको राशिफल :२०७५ साल श्रावण ८ गते मंगलबार



ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य दक्षिणायन,वर्षा ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल श्रावण ८ गते भौमवार नेपाल सम्बत ११३८ दिल्लाथ्व,सन् २०१८ जुलाई २४ तारिक शुक्लपक्ष द्वादशी तिथि साँझ ७ वजेर १८ मिनेटसम्म,ज्येष्ठा नक्षत्र अपरान्ह ५ वजेर २१ मिनेटसम्म,ब्रह्मयोग,बवकरण,आनन्दादियोग मुद्गर,सूर्य कर्कट राशीमा,चन्द्रमा अपरान्ह ५ वजेर २१ मिनेटसम्म वृश्चिक उप्रान्त धनु राशीमा । ॐः–राहुकालः–अपरान्ह३÷३४ वजेबाट५÷१६ वजेसम्म रहनेछ,यमघण्टायोगः–विहान८÷४६ वजेबाट १०÷२८ वजेसम्म रहनेछ,दूरमुहूर्तः–विहान८÷६ वजेबाट ९ वजेसम्म र राती ११÷७ वजेबाट ०÷०२ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷४३ वजेबाट मध्यान्ह १२÷३७ वजेसम्म रहनेछ । गुली कालः– मध्यान्ह १२÷१० वजेबाट अपरान्ह १÷५२ वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ ।

ॐः–सूर्योदयबाट प्रातः७÷५ वजेसम्म रोग वेला,७÷५ वजेदेखि ८÷४६ वजेसम्म उद्वेगवेला,८÷४६ देखि १०÷२७ वजेसम्म चरवेला,१०÷२७ देखि १२÷९ वजेसम्म लाभवेला,१२÷९ देखि १÷५० वजेसम्म अमृत वेला,१÷५० देखि ३÷३२ वजेसम्म कालवेला,३÷३२ देखि ५÷१३ वजेसम्म शुभवेला र ५÷१ वजे देखि सूर्यास्तसम्म रोगवेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ८÷१५ वजेसम्म काल वेला,८÷१५ वजेदेखि ९÷३३ वजेसम्म लाभवेला,९÷३३ देखि १०÷५२ वजेसम्म उद्वेग वेला,१०÷५२ देखि १२÷११ वजेसम्म शुभवेला,१२÷११ देखि१÷२९ वजेसम्म अमृत वेला,१÷२९ देखि २÷४७वजेसम्म चरवेला,२÷४७ वजे देखि ४÷५ वजेसम्म रोगर ४÷५ वजे देखि सूर्योदयसम्म काल वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष


स्पष्ट कार्य दिशा नहुदा कार्य प्रगति शून्यमा झर्नेछ । हृदयबाट सहयोग गर्ने कोहि हुने छैनन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफ्नो लगानीमा अरुले मोज गर्ने छन् । स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष


पुन प्राप्त हुने छैन,अवसरको सदुपयोग गर्नु होला । समयमा गरेका काम प्राय सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । नेतृत्वदायी यात्रा हुनेछ ।

मिथुन


विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायमा सुधार आउने देखिन्छ । नयाँ योजनाका बारेमा पनि विचार विमर्श हुनेछ ।

कर्कट


अनावस्यक चिन्ता बढ्ने छ । समयमा निर्णय लिन नसक्दा अवसरबाट बञ्चित हुने अवस्था आउन सक्छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । पठन पाठन क्रिया कमजोर देखिन्छ । सहयोग गर्ने कोहि हुने छैनन ।

सिंह


घरपरिवारमा दुख कष्ट हैरानी हुन सक्छ । काम गर्ने जोश जागर मर्नेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न । आलोचन सहनु पर्नेछ । चोटपटकको भय देखिन्छ ।

कन्या


काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्ने जोश जागर घट्ने छैन । आफन्तबाट सहयोग पाईनेछ । साँझपख समयले साथ दिने छैन । खर्च विवाद बढ्न सक्छ ।

तुला


आफ्ना कुरा आफैमा सिमित राख्नु होला । सोचेका र ताकेका काम कम हुनेछन् । उदेश्य अनुसारको उपलब्धि कम हासिल हुनेछ । धन दिने काम नगर्नु होला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अल्प सहयोग मिल्नेछ ।

बृश्चिक


मनोरञ्जनात्मक गतिविधि बढि हुनेछन् । परिश्रम अनुसारको प्रतिफल पाईनेछ । गरेका काम सफल हुने छन् । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । साथी भाई इष्टमित्र तथा आफन्तको सहयोग सहानुभूति मिल्नेछ ।

धनु


परभाव,परबन्धनको सम्भावना देखिन्छ । जोखिम पूर्ण यात्रा नगर्नु होला चोटपटकको भय देखिन्छ । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुने छन् । व्यापारमा घाटा हुनेछ । व्यर्थको घुमाई फिराई बढि होला ।

मकर


दिनको अधिकाँश समय अनुकुल देखिन्छ । परिवारको सहयोगमा काम बन्ने छन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । मनमा भएका भ्रम हटेर जानेछन् । सुख समाचार मिल्नेछ । साँझपख खर्च बढ्नेछ ।

कुम्भ


काममा देखिएका समस्या हटेर जानेछन् । धेरै काम सहज र सजिलै बन्ने छन् । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ ।

मीन


मानसिक तनावमा कमी आउनेछ । धार्मिक यात्राको योग देखिन्छ । दान पुण्यका काम हुनेछन् । पढाई लेखाईमा थोरै ध्यान जानेछ । अरुका काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् । थोरै लाभ हुनेछ ।

Comments