आयो दुर्घटनाको डरलाग्दो खबरः १७ जनाको घटनास्थलमै ज्यान गयो, एकै परिवारका नौ जना परे



अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा गत बिहीबार भएको डुङ्गा दुर्घटनामा एकै परिवारका नौ व्यक्तिको मृत्यु भएको छ । पर्यटक बोकेको यस डुङ्गा दुर्घटना हँुदा त्यसमा सवार रहेका १७ पर्यटकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।


यस दुर्घटनामा यात्रा गरिरहेका व्यक्तिहरुलाई जीवनरक्षक ज्याकेट पनि नदिइएको दुर्घटनामा ज्यान गुमाएकाका आफन्तजनको आरोप रहेको छ । आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ । बिदा मनाउनका लागि प्रख्यात रहेको यस स्थलमा पर्यटक जल शयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएकाले सो दुर्घटना भएको जनाइएको छ ।


‘मेरो हृदय निकै भारी भएको छ, यस पर्यटकीय क्षेत्रमा घुम्न आएका हाम्रो परिवारका हामी दुईजना काका र भतिजमात्र बाँचेका छौँ ।’ अस्पतालको बेडबाट कामेको स्वरमा पर्यटक तिया कोलेम्यानले एक सञ्चारमाध्यमलाई बताउनुभएको छ ।


सो दुर्घटनामा मरेकामध्ये केही बालबालिका रहेका जनाइएको छ । यस दुर्घटनामा घाइते भएका सातजनालाई उद्धार गरी उपचारका लागि भर्ना गरिएको छ । स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० मा भएको सो घटनामा डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए । तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ ।

Comments