विद्यार्थी बोकेको बस दुर्घटना, १ गम्भिरसहित ५ घाइते

साउन ४, काठमाण्डौ । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेसी नगरपालिका वडा नं ८ याकघर नजिकै मंगलबार विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । तनहुँबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ४०३६ नम्बरको बस अनियन्त्रित भई नालामा पल्टिएको थियो। दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् ।
घाइतेहरुमध्ये एकजनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको छ। घाइतेहरुको परिचय भने खुलाइएको छैन् । काठमाडौँस्थित शंकरदेव क्याम्पसमा अध्ययनरत २६ जनाको टोली भम्रणमा गई फर्कने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ।

Comments