यसरी लगाउनुहोस् साडी, अनि देखिनुहुनेछ स्लीम



काठमाडौं । नेपाली महिलाहरुको लागि साडी परम्परागत साथै औपचारिक पहिरन मानिन्छ। कुनै विशेष कार्यक्रम, पार्टी, समारोह वा चाडपर्वको लागि महिलाहरुले आफ्नो पहिरनको रुपमा प्राय : साडी नै रोज्ने गर्छन्।

नेपाली महिलाहरु साउन महिनामा विशेषगरी व्रत बस्ने, साडी र चुरामा सजिने गर्छन्। नेपाली हिन्दु महिलाहरुको पर्व तीज पनि नजिकिंदै छ। तीजमा महिलाहरुको पहिरन रोजाइको प्राथमिकतामा साडी नै पर्ने गर्छ।

साडीले महिलालाई राम्रो देखाउंछ। तर पेट ठूलो भएका महिलाहरुलाई भने साडी लगाउँदा तनाव पनि हुने गर्छ। तर, साडी लगाउँदा प्रयोग गर्ने तरिकामा महिलाको मोटोपन देखिने वा नदेखिने भर पर्छ।

मोटो शरीर भएका वा पेट ठूलो भएका महिलाले लेगिङ्ग्स लगाएर साडी लगाउन सक्छन्। लेगिङ्ग्स लगाउँदा माथीबाट नै लगाउनुपर्छ र यसले पेट पातलो देखाउंछ।

तर, लेगिङ्ग्समा साडी नअडिन पनि सक्छ। त्यसैले पहिले लेगिङ्ग्स लगाएर त्यसपछि इजर बानेर साडी लगाउन सकिन्छ।
विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् …

Comments