३० फिट माथिबाट लडेकी यी बालिका सिधै भगवानकै काखमा खसिन्, हेर्नुस् यस्तो पनि चमत्कार
एजेन्सी। एनाबेल बीम टेक्सासको आफ्नो घर बाहिर बहिनीसँग खेलिरहेकी थिइन्। आमा क्रिस्टी पनि निकै खुशी थिइन्। किनभने एनाबेलले लामो समयपछि बाहिर बाहिर निस्किने इच्छा व्यक्त गरेकी थिइन्। ‘हामी त्यँही थियौं, उनी त्यतिधेरै माथिबाट तल झरिन्। उनी एउटा रुखको हाँगामा अड्किन्। फायरफाइटरले केही घण्टापछि एनबेललाई त्यहाँबाट उद्धार गरे। करिव ६ घण्टाको प्रयासपछि एनाबेललाई त्यहाँबाट निकालिएको थियो। यतिमाथिबाट लड्दा पनि उनलाई सामान्य चोटमात्र लागेको थियो। डाक्टरले रुखमा पनि कसैले एनाबेलको हेरचाह गरेको बताए,’ आमा क्रिस्टीले भनिन्।
एनाबेलको जीवनमा यतिमात्रै उतार चढाव होइन, उनी एउटा यस्तो रोगसँग लडिरहेकी छन्, जुन सामान्य होइन। उनी आफ्नी आमालाई सधैं आफूलाई मर्न मन लागेको भन्दै मर्न दिन आमालाई मनाउने कोशिश गर्थिन्। तपाइँ सोच्नुस त यस्तो अवस्थामा आमालाई कस्तो हुन्छ होला? यस्तो विरामीकी शिकार भएकी एनाबेल यतिमाथिबाट लड्दासमेत केही भएको थिएन। बरु उनको रोग नै ठिक भयो। वास्तवमा यो चमत्कार थियो। डाक्टरसमेत आश्यचमा परे।
एनाबेलले आफूलाई जिससले ठिक बनाएको दाबी गरेकी छन्। उनले भनिन्, ‘जतिबेला म माथिबाट लडेँ, तब शायद म मरेकी थिएँ। त्यसपछि म सिधै स्वर्ग पुगेँ। त्यहाँको गेट सुनको थियो। मैले मेरी हजुर आमालाई पनि त्यहाँ देखेँ। दुई जना बच्चा पनि त्यहाँ खेलिरहेका थिए। त्यहाँ मेरी तिनै बहिनी थिइन। जसलाई मेरी आमाले गर्भमै गुमाउनु भएको थियो।’
उनले अगाडि भनिन्, ‘सेतो कपडा लगाएका जिससको लामो दाह्री थिए। उहाँले मलाइ निकै माया गरेर आफ्नो काखमा राख्नु भयो। त्यहाँ सबै कुरा सेतो मात्रै थिए। त्यहाँ अप्सरा पनि थिए।’ ऐनाले यस्तो दाबी गरेपछि सबै आश्चर्यमा परेका छन्। ऐनाबेलमाथि जुन चमत्कार भयो त्यो कल्पना भन्दा बाहिरको कुरा थियो। एनाबेलमाथि अहिले हलिउड फिल्म बन्दैछ। जसको नाम हो, ‘मिराकल्स फ्रम हेवन’। जहाँ दैनिक कयौं औषधि सेवन गर्ने एनाबेलले आज एउटा औषधि सेवन नगरी त्यत्रो रोग निको भएको छ। यो चमत्कार नभए के हो त!
Comments
Post a Comment