सेवा छोडेर आन्दोलनमा उत्रिने चिकित्सकलाई निलम्वनसमेत गर्न सकिने



काठमाडौं । डा. गोविन्द केसीको माग पूरा गराउन भन्दै कतिपय चिकित्सक आन्दोलनमा उत्रिएपछि सरकारले कुनै पनि हालतमा अस्पतालको सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।स्वास्थ्य मन्त्रालयले सात वटा केन्द्रीयसहित अञ्चल र जिल्ला अस्पतालका प्रमुखलाई पत्राचार गरी सेवा जुनसुकै हालतमा पनि सेवा प्रवाह जारी राख्न र त्यसको विवरण २४ घण्टाभित्र पठाउन निर्देशन दिएको हो ।

सहसचिव मधुसुदन बुर्लाकोटीद्वारा हस्ताक्षरित पत्रमा सेवा अवरोध भए/नभएको र भएपछिको परिस्थितिबारे स्पष्ट विवरण खुलाउन भनिएको छ ।

मन्त्रालयले प्रत्येक दिन बहिरंग र अन्तरंग सेवा लिने विरामी संख्या, साधारण र गहन शल्यक्रियाको विवरण तथा रिफर गरिएका विरामीको लगत पठाउन निर्देशन दिएको हो । यस्तै, मन्त्रालयले सेवा छोडेर आन्दोलनमा उत्रिने चिकित्सकलाई निलम्वनसमेत गर्न सकिने चेतावनी दोहो¥याएको छ ।

Comments