अशोक दर्जीको विवादले लियो अर्कै मोड : अब टंक बुढाथोकीलाई छोडेर अशोक आफ्नै बुवासंग बस्ने !


बाल गायक अशोक दर्जीलाई गायक तथा संगीतकार टंक बुढाथोकीले बेपत्ता बनाएको भन्ने प्रहरीमा लिखित निवेदन परेपछि विवादमा रहेका अशोक दर्जी अब आफ्ना बाबुसँगै बस्ने भएका छन् ।

झापाको दमक–२ निवासी अशोकलाई बुधबार दमक नगरपालिकाको न्यायिक समितिमा भएको छलफलमार्फत बुबा पूर्ण दर्जीले आफूसँगै राख्ने सहमति जुटेपछि विवादलाई टुंग्याएको हो ।यसअघि अशोक दीपक न्यौपाने प्रिन्सिपल रहेको मोरङको उर्लाबारस्थित बेथल बोर्डिङ स्कुलमा अध्ययन गर्दै सोही स्कुलकै होस्टेलमा बस्दै आएका थिए । अशोकसँगै उनका दिदीबहिनीहरु सीता र मुस्कान दर्जीलाई पनि न्यौपानेले निःशूल्क पढाउँदै आएका थिए । बुधबारको सहमतिअनुसार अब तीनै जना बालबालिकाको पढाईलगायत व्यवस्थापन उनीहरुका बुबा पूर्ण दर्जीले नै गर्ने उल्लेख छ ।

सहमतिअनुसार संगीतकार टंक बुढाथोकी र बेथल स्कुलका प्रिन्सिपल दीपक न्यौपानेबीच भएको असहमति र विवादलाई दुवै पक्षको समझदारीबाट समाधान गरिएको तथा अशोकको घर निर्माण आर्थिक समितिमा दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई मनोनयन गर्ने सहमति भएको छ ।

यसअघि मंगलबार प्रिन्सिपल न्यौपानेले संगीतकार बुढाथोकीले बाल गायक अशोकलाई बेपत्ता बनाएको भन्दै लिखित निवेदन दिएका थिए । त्यसलगत्तै बुढाथोकी असोकलाई लिएर झापा पुगेका हुन् । उनले आफूले असोकलाई वेपत्ता नबनाएको जनाएका छन् ।

Comments