सिकिस्त बिरामीको खेलवाड गर्दै बिर अस्पतालमा डाक्टरहरु केसीको समर्थन गर्दै बन्द गरेपछि बिर अस



काठमाडौं । वीर अस्पतालमा अस्पताल बन्द गराएको विरोधमा सेवाग्राहीले प्रदर्शन गरेका छन् । सेवाग्राहीहरुले अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै प्रर्दशन गरेका हुन । बिहिबार विहानै अस्पताल पुगेका उनीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरुले गरिरहेकोमा आपत्ति जनाउँदै तत्काल सबै सेवा सुचारु गराउन माग गरेका हुन् । विरामी र विरामी कुरुवाहरुले विरामीहरुको जीवन धरापमा पारेर चिकित्सकहरुले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिँदै नेपाल चिकित्सक संघको आह्वानमा आजबाट देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएपछि विरामी र विरामीका कूरुवाहरुले सास्ती व्यहोर्नु परेको छ ।

विरामी कुरुवाहरुले आफ्नो सिकिस्त विरामीको जीवनमाथि खेलवाड गर्ने चिकित्सकहरुले तत्काल क्षतिपूर्ति दिनुपर्ने माग पनि गरेका छन । गोविन्द केसीको माग जायज भएपनि पूर्व मेचीदेखि महाकालीसम्मका उपचारका लागि आएका विरामीहरुलाई उपचार गर्न छोडेर डाक्टरहरुले महाअपराध गरेको सेवाग्राहीहरुको भनाई छ ।

Comments