सुन्दै अचम्म लाग्न सक्छ तर यो सत्य हो, जहाँ मृत्यु पछि पनि शवको बिहे गराइन्छ (फोटो फिचरसहित)

सुन्दै अचम्म लाग्न सक्छ तर यो सत्य हो, जहाँ मृत्यु पछि पनि शवको बिहे गराइन्छ (फोटो फिचरसहित)परम्परागत अनुसार यदि कुनै परिवारमा अविवाहित पुरुषको मृत्यु भएमा त्यसलाई अशूभ मानिन्छ र त्यस्तो मरणलाई श्राम ठानिन्छ र मृत्यु भएको अविवाहित पुरुषलाई एक्लै अन्त्येष्टि नगरिने भएको हुनाले चीनको साङ्सी प्रान्तमा भूत विवाहको चलन रहेको छ ।सरकारले गैरसरकारी परम्परा घोषित गरेको भएतापनि चिनियाहरु यस परम्परालाई लुकिछिपि गर्ने गरेको पाइएको छ । भूत विवाह गर्दा मृतक पुरुषका लागि ऊ जस्तै अविवाहित कुनै मृतक महिलाको खोजी गरिन्छ ।जब अविवाहित मृतक महिलाको लास फेला पर्दछ, तब ती शवहरुबीच बिहे गराइन्छ र दुबै शवलाई सँगै गाडिने गरिन्छ । मृतक पुरुषसंग विवाह गराउनका लागि महिलाको चिहानबाट लास निकाल्ने वा महिलाको मृत्यू गरेको केहि घटना बाहिर आएपछि सरकारले यसलाई गैरसरकारी घोषणा गरेको हो । सन् २०१४ मा पूर्वी चीनमा प्रहरीले भूत विवाहमा संलग्न भएको भन्दै ११ जना मानिसलाई गिरफ्तार पनि गरेको थियो ।अन्य ठाउमा पनि परम्पराको नाममा धेरै परम्परा मनाउदै आएतापनि सुन्दै अनौठो लाग्दो घोस्ट म्यारिज अर्थात् भुत विवाह चीनको ग्रामीण भाग विगत ३ वर्ष पुरानो परम्परा चल्दै आएको छ । यो परम्पराका पछाडि मृतक अविवाहित पुरुषको आत्माले शान्ति पाओस् र उसलाई एक्लोपन महसूस नहोस् भन्ने कामना गरिएको हुन्छ त्यसैले अवैध रुपमा महिलाका लास खरीद बिक्री गर्ने धन्दा पनि निकै मौलाएको छ ।

Comments